युरोपा लिगअन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोनाले नेपोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ।
अन्तिम ३२ को दोसो लेगको खेलमा बार्सिलोनाले महत्वपूर्ण जित हात पारेको हो। यसअघि पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो।
बिहीबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा जोर्डी अल्बा, फ्रेन्की डे जोङ, जेरार्ड पिक र पिएरे–एमरिक औबामेयाङले १/१ गोल गरेका थिए।
नेपोलीलका लागि लोरेन्जो इन्सिग्ने र माट्टेओ पोलिटानोले १/१ गोल फर्काएका थिए। तर, त्यो जितका लागि पर्याप्त थिएन।
69
Shares
प्रतिक्रिया