ad ad

खेल


प्रदेश १ द्वारा लुम्बिनीमाथि फराकिलो अन्तरले जित

प्रदेश १ द्वारा लुम्बिनीमाथि फराकिलो अन्तरले जित

नेपालखबर
फागुन १२, २०७८ बिहिबार १८:९, काठमाडौँ

प्रदेश १ ले काठमाडौँमा जारी ललितपुर मेयर्स महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ। 

बिहीबार भएको खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। 

लुम्बिनी प्रदेशले दिएको ८० रनको लक्ष्य प्रदेश १ ले १५ दशमलव ४ ओभरमा १ विकेट गुमाएर भेट्टायो। कप्तान रुविना क्षत्रीले ४ रनको योगदान दिइन्।

४९ बलको सामना गरेकी कप्तान क्षत्रीले ७ चौका प्रहार गरिन्। ओपनर काजल श्रेष्ठले २० रन थपिन्। अप्सरी वेगम ९ रनमा नटआउट रहिन्। 

प्रदेश १ की कृतिका मरासिनीले १ विकेट झारिन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७९ रनको योगफल तयार पारेको थियो। 

लुम्बिनी प्रदेशका लागि नेरी थापाले ३१ र लक्ष्मी चौधरीले २३ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

लुम्बिनी प्रदेशलाई कम स्कोरमा रोक्न सवनम राई एक्लैले ३ विकेट झारिन्। रुविना क्षत्री र हेरमायी रोयले समान एक विकेट लिए। 

प्रदेश १ ले एक खेलमा जित र एक खेलमा हार भोग्दै तेस्रो स्थानमा छ। दुवै खेलमा हार भोगेको लुम्बीनी प्रदेश अंक तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .