आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा नेपालले ओमानबाट ८८ रनको लक्ष्य पाएको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा बिहीबार जारी खेलेमा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो।
ओमानका कप्तान जिसन मक्सुदले २१ र आयान खानले १६ र कलिमुल्लाहले १४ बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन। जिसमले २८ बलमा ३ चौका प्रहार गरे।
त्यसबाहेक ओमानका कश्यप प्रजापति ५, जतिन्दर सिंह २, सोयब खान र नास्तोर डाम्बा समान ३–३, मोहम्मद नादिम र सन्दीप गौड समान १–१ रनमा आउट भए।
नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। ४ ओभरमा उनले १३ रनमात्रै खर्चिए। यस्तै कमलसिंह ऐरी, आरिफ सेख, अविनाश बोहरा र सागर ढकालले समान १-१ विकेट लिए।
मंगलबार भएको सेमिफाइनलमा पराजित भएपछि दुबै टोली तेस्रो स्थानका लागि भिड्न पुगेका हुन्। सेमिफाइनलमा हारेसँगै दुबै टोलीले यसैवर्ष हुने विश्वकप खेल्ने मौका गुमाएका थिए।
समूह चरणमा पनि नेपालले ओमानलाई हराएको थियो। ग्लोबल छनोटअघि भएको चारदेशीय खेलमा पनि ओमानविरुद्ध नेपाल विजयी भएको थियो।
Shares
प्रतिक्रिया