च्यासल युथ क्लबलाई पराजित गर्दै नवप्रवेशी सातदोबाटो युथ क्लबले जितका साथ ए डिभिजन लिगको यात्रा सकाएको छ।
बिहीबार भएको १३ औँ चरणको खेलमा सातदोबाटोले रेलिगेसनमा परेको च्यासल युथ क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै लिगमा सुखद अन्त्य गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको छैटौँ मिनेटमा अजायी मार्टिनले गरेको गोल सातदोबाटोका लागि निर्णायक बन्यो।
जितसँगै सातदाबाटोले १३ खेलबाट २१ अंक बनाएको छ। नव प्रवेशी सातदोबाटोले ६ खेलमा जित, ४ मा बराबरी र ३ खेलमा हार व्यहोर्यो।
अंक तालिकाको पुछारमा रहेको च्यासलले १३ खेलमा १ खेलमा मात्र जित दर्ता गर्दा ३ खेलमा बराबरी र ९ हार भोग्यो।
27
Shares
प्रतिक्रिया