ad ad

खेल


एएफसी एसियन कप २०२३ : नेपाल समूह ‘ए’मा

एएफसी एसियन कप २०२३ : नेपाल समूह ‘ए’मा

नेपालखबर
फागुन १२, २०७८ बिहिबार १३:८, काठमाडौँ

एएफसी एसियन कप २०२३ को तेस्रो चरणमा नेपाल समूह एमा परेको छ।
 
बिहीबार भएको तेस्रो चरणको समुह विभाजनमा नेपाल रहेको समूह एमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। 

तेस्रो चरण पार गरे नेपालले पहिलो पटक एशियन कप खेल्नेछ। छनोटमा छनोट चरणको ६ समूहका शीर्षस्थानमा रहने टोली र ५ उत्कृष्ट दोस्रो हुने टोली चीनमा हुने एएफसी एसियन कपमा छनोट हुनेछन्। 

तेस्रो चरणमा ६ समुहमा २४ टोलीले स्पर्धा गर्नेछन्। छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ। छनोट चरणका खेलहरु भारत, कुवेत, किर्गिस्तान, मलेसिया, मंगोलिया र उज्बेकिस्तानमा आयोजना हुनेछन्।  

नेपाल एसियन कप छनोटको दोस्रो चरणमा समूहको चौथो स्थानमा रहेको थियो। अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइ सम्मिलित समूहमा नेपालले २ जित र ६ हारसहित ६ अंक जोडेको थियो। नेपालले दुवै खेलमा चाइनिज ताइपेइलाई पराजित गरेको थियो।

नेपालले छनोट खेल कुवेतमा खेल्नेछ। 

नेपालले आगामी जेठ २५ गते जोर्डन, २८ गते कुबेत र ३१ गते इन्डोनेसियासँग खेल्ने तालिका छ।

यस्तो छ ड्र 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .