ad ad

खेल


चैत २ बाट नेपालले विश्वकप लिग-२ का खेल खेल्ने

चैत २ बाट नेपालले विश्वकप लिग-२ का खेल खेल्ने

नेपालखबर
फागुन १२, २०७८ बिहिबार १२:३२, काठमाडौँ

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिज आगामी चैतको पहिलो सातादेखि संयुक्त अरब इमिरेट्समा सुरुआत हुनेछ।

उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनीसँग खेल्ने छ। नेपाल र पपुवा न्युगिनीबीचको खेल आगामी चैत २ गते युएइको शारजहा क्रिकेट मैदानमा हुनेछ । त्यस्तै नेपालले आफनो दोस्रो खेल युएईसँग चैत ४ गते खेल्नेछ भने तेस्रो खेल युएईविरुद्ध चैत ७ गते खेल्नेछ।

नेपालले पपुवा न्युगिनिसँग चैत ८ गते खेल्नेछ। आइसिसी विश्वकप लिग–२ को नेपालले ८ खेलमा ४ खेलमा विजयी भएको छ भने ४ खेलमा पराजित भएको छ। नेपाल ८ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

त्यसैगरी ओमानले २३ खेलमा १५ खेलमा जित तथा ७ खेलमा हार बेहोर्दै ३० अंक जोडेको छ। ओमन अंक तालिकाको शीर्ष स्थानमा छ। स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हारसहित १६ अङ्कका साथ दोस्रो स्थानमा छ। अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित तेस्रो स्थानमा छ।

युएई १० खेलमा ५ मा जित र ३ मा हारसहित १२ अंकका साथ चौथो स्थाानमा छ। नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ। पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ अन्तिम स्थानमा छ। सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .