ad ad

खेल


ए डिभिजन लिगः आजदेखि अन्तिम चरणका खेल हुँदै

ए डिभिजन लिगः आजदेखि अन्तिम चरणका खेल हुँदै

नेपालखबर
फागुन १२, २०७८ बिहिबार ७:५२, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबारदेखि १३ औं चरणका खेल हुँदै छन्।

१३ औं चरणको खेलमा आज च्यासल युथ क्लब र सातदोबाटो युथ क्लब तथा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

दिउँसो १ बजे एन्फा कम्प्लेक्समा च्यासल र सातदोबाटोबीच प्रतिस्पर्धा हुनेछ। च्यासल ए डिभिजन लिगबाट रेलिगेसनमा परिसकेको छ।

उसले १२ खेलबाट ६ अंक मात्र जोड्न सफल भएको छ। सातदोबाटोले भने १२ खेलबाट १८ अंक जोडेको छ। 

त्यस्तै सोही समयमा दशरथ रंगशालामा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

हिमालयन शेर्पाले १२ खेलबाट १३ अंक जोडेको छ भने फ्रेन्ड्स क्लबले समान खेलबाट १० अंक हात पारेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .