च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा बेन्फिका र एजाक्स बराबरीमा रोकिएका छन्।
बुधबारको खेलमा यी दुई टोलीबीच २–२ को बराबरी खेलेका छन्।
बुधबारको खेलको १८ औं मिनेटमा एजाक्सले खेलमा अग्रता लिएको थियो। त्यसको ७ मिनेटपछि बेन्फिकाले बराबरी गोल फर्काएको थियो।
त्यसको चार मिनेटपछि एजाक्सले अर्को गोल फर्काउँदै पुनः अग्रता बनाएको थियो। तर, खेलको ७२ औं मिनेटमा बेन्फिकाले पुनः खेललाई बराबरीमा ल्याएको थियो।
यससँगै खेल बराबरीमा सकिएको हो। अब उनीहरुबीचको दोस्रो लेगको खेल मार्च १६ मा हुनेछ।
यो खेलले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ।
36
Shares

प्रतिक्रिया