खेल


क्याच छाडेपछि बलरले चड्काए सहकर्मीको गाला

क्याच छाडेपछि बलरले चड्काए सहकर्मीको गाला

नेपालखबर
फागुन ११, २०७८ बुधबार १३:२७, काठमाडौँ

पाकिस्तानका तीव्र गतिका बलर ह्यारिस रउफले क्याच छुटाएको भन्दै आफ्ना एक साथीलाई थप्पड हानेका छन्। पाकिस्तान सुपर लिगअन्तर्गत मंगलबार भएको खेलमा रउफले आफ्ना साथी कमरान घुल्मनलाई थप्पड हानेका हुन्

पेशावर जाल्मीविरुद्धको खेलमा लाहोर कालान्डर्सका रउफले आफूले बलिङ गर्दा विपक्षी टोलीका खेलाडीको क्याच नसमाएको रिसमा घुल्मनलाई थप्पड हानेका हुन्। 

लाहोरस्थित गद्दाफी स्टेडियममा भएको खेलमा जाल्मीका ओपनर हजरातुल्लाह जाजाईले प्रहार गरेको बलमा घुल्मनले क्याच छाडेका थिए।

यद्यपि सोही ओभरमा रउफले अर्का ब्याट्सम्यानलाई आउट गरे। विपक्षी खेलाडी आउट भएपछि खुसीयाली मनाउन पुगेका घुल्मनलाई रउफले थप्पड हानेका हुन्। 

घुल्मनले भने उनको थप्पडमा नराम्रो प्रतिक्रिया देखाएनन्। पछि खेलमा यी दुई खेलाडीबीच राम्रो तालमेल र सौहार्द देखिएको थियो।

यो घटनाले उनीहरुको सम्बन्धमा कुनै नराम्रो असर नपरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

क्रिकेटका जानकारहरुले भने रउफले देखाएको व्यवहारको आलोचना गरेका छन्। रउफको यस किसिमको व्यवहार गैर–व्यावसायिक भएको उनीहरुले उल्लेख गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad