च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा भिलारियल र युभेन्टस बराबरीमा रोकिएका छन्।
भिलारियलको घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमा नै गोल गर्दै युभेन्टसले अग्रता लिएको थियो।
तर, खेलको ६६ औं मिनेटमा भिलारियलले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो।
युभेन्टसका लागि डुसन भ्लाहोभिकले आफ्नो डेब्यु खेलमा नै गोल गरेका हुन्।
क्वार्टरफाइनमा प्रवेशको लागि आगामी मार्च १७ मा युभेन्टसको घरेलु मैदानमा यी दुई टोलीबीच पुनः प्रतिस्पर्धा हुनेछ।
उक्त खेलले माथिल्लो चरणमा जाने टोलीको छिनोफानो गर्नेछ।
33
Shares

प्रतिक्रिया