च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा चेल्सीले लिलेमाथि २–० गोल अन्तरको जित हात पारेको छ।
घरेलु मैदानको फाइदा उठाउँदै चेल्सीले खेलको आठौं मिनेटमा नै गोल गर्दै खाता खोलेको थियो। चेल्सीका काइ हाभेट्र्जले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
खेलको ६३ औं मिनेटमा क्रिस्टियन पुलिसिकले अर्को गोल थप्दै अग्रता दोब्बर पारे।
यससँगै चेल्सी क्वार्टरफाइनलमा पुग्न बलियो अवस्थामा देखिएको छ। चेल्सी र लिलेबीचको दोस्रो लेगको खेल मार्च १७ मा हुनेछ।
यो खेलले माथिल्लो चरणमा जाने टोली टुंगो लगाउनेछ।
36
Shares
प्रतिक्रिया