ad ad

खेल


नेपाललाई विश्वकपमा पुग्न १७६ रनको लक्ष्य

नेपाललाई विश्वकपमा पुग्न १७६ रनको लक्ष्य

नेपालखबर
फागुन १०, २०७८ मंगलबार १७:१३, काठमाडौँ

नेपालले आइसीसी टी–२० विश्वकपमा पुग्न १७६ रनको लक्ष्य पाएको छ। 

ओमानमा जारी ग्लोबल छनोटको सेमिफाइनलमा यूएईबाट नेपालले उक्त लक्ष्य पाएको हो। उक्त लक्ष्य भेटाउन सके नेपाल यसैवर्षको अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० क्रिकेट विश्वकपमा छनोट हुनेछ। 

अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो। 

यूएईका ओपनर मोहम्मद वासिमले ७० रन जोडे। ४८ बलमा उनले ४ चौका र ४ छक्का प्रहार गरे। 

यस्तै आक्रामक खेलेका ब्रित्य अरभिन्दले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोडे। दोस्रो विकेटका लागि वासिम र अरभिन्दबीच ६६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए। 

यस्तै तेस्रो विकेटका लागि वासिमले मोहम्मद उस्मानसँग ६४ रनको साझेदारी गरेपछि यूएई ठूलो स्कोरतर्फ अघि बढेको थियो। 

अविनाश बोहराले १७औं ओभरको पहिलो बलमा दुबैलाई पवेलियन फर्काउँदै नेपाललाई खेलमा फर्काए। १८औं ओभरमा जितेन्द्र मुखियाले पनि बसिल अहमद र जाफर फारिदलाई आउट पारेपछि यूएई उक्त खुम्चिए। 

यूएईका मोहम्मद उस्मानले १७, जावर फारिदले ११ थपे। रोहन मुस्तफा ९ र कप्तान अहमद राजा ६ रनमा नटआउट गरे। 

नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले समान ३-३ विकेट लिए। ४ ओभरमा अविनाशले ४६ रन खर्चे। यस्तै ३ ओभरमा जितेन्द्रले ३५ रन दिए।

कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २४ रनमात्रै खर्चेर १ विकेट लिए। कमलसिंह ऐरीले ४ ओभरमा ३० रन खर्चेपनि कुनै विकेट पाएनन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .