ad ad

खेल


पुलिस र एपीएफले अंक बाँडे

पुलिस र एपीएफले अंक बाँडे

नेपालखबर
फागुन १०, २०७८ मंगलबार १५:१, काठमाडौँ

नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा पुलिस र एपीएफले एक एक गोलको बराबरी गर्दै अंक बाँडेका हुन्। 

खेलको पहिलो मिनेटमा नै पुलिसले एपीएफविरुद्ध अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। 

खेलको पहिलो मिनेटमा नै पुलिस क्लबका सुमन लामाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा एपीएफमाथि दबाब बनाएपनि पुलिस क्लबले अग्रता जोगाउन भने सकेन। पाँचौँ मिनेटमा पुलिसका तेज तामाङको फ्रिकीकमा निर कुमार राईको प्रहार पोष्ट माथिबाट आकाशियो।

२७ औँ मिनेटमा पुलिसका रवि शंकर पासवानको प्रहार एपीएफका गोलरक्षक युया कुरियामाले पन्च गर्दै बचाएपछि पुलिसले अग्रता दोब्बर पार्ने मौका गुमायो। 

४१ औँ मिनेटमा एपीएफका प्रदीप लामाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। प्रदीपले डि बक्स बाहिरबाट गरेको प्रहार गोलरक्षकले बचाउने कुनै मौका नै पाएनन्। 

दोस्रो हाफमा दुवै टोलीले अग्रता बनाउने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। बराबरीसँगै एपीएफले १२ खेलबाट १५ अंक बनाएर आठौँ स्थानमा छ। १३ खेलमा ३ खेलमा जित, ६ खेलमा बराबरी र ३ खेलमा हारको नतिजा निकालेको हो। 

समान खेलबाट पुलिस क्लबले भने १२ अंक बनाएर ११ औँ स्थानमा छ। पुलिसले २ खेलमा जित, ६ खेलमा बराबरी र ४ खेलमा हार भोगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .