सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार १२ औं चरणको अन्तिम दुई खेल हुँदै छ।
मंगलबार दिउँसो १ बवे दुई विभागीय टोलीहरु नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
सोमबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लब पराजित भएसँगै नेपाल पुलिस क्लब रेलिगेसनबाट जोगिइसकेको छ।
उसले ११ खेलबाट ११ अंक हात पारेको छ। एपीएफले भने ११ खेलबाट १४ अंक जोडेको छ।
त्यस्तै अर्को खेलमा पौने ५ बजे त्रिभुवन आर्मी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्रिभुवन आर्मीले ११ खेलबाट १९ अंक जोेड्दै लिगको चौथो स्थानमा छ।
आजको खेलमा जित हात पार्न सके आर्मी दोस्रो स्थानमा उक्लिनेछ।
यद्यपि लिगको उपाधि भने मछिन्द्रले जितिसकेको छ। आर्मी यो सिजनमा अपराजित रहे पनि ७ खेल बराबरीमा टुङ्ग्याएको छ।
संकटाले भने ११ खेलबाट १४ अंक जोडेको छ।
Shares
प्रतिक्रिया