ad ad

खेल


विश्वकपमा छनोट हुन आज नेपालको यूएईसँग निर्णायक खेल

विश्वकपमा छनोट हुन आज नेपालको यूएईसँग निर्णायक खेल

नेपालखबर
फागुन १०, २०७८ मंगलबार ६:३७, काठमाडौँ

आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत आज नेपालले यूएईसँग निर्णायक खेल खेल्दै छ।

आजको खेलमा जित हात पारेको अवस्थामा नेपालले आगामी अक्टोबरमा हुने टी–२० विश्वकपमा सहभागी हुन पाउनेछ।

ग्लोबल क्वालिफायर एबमे समूह बीमा रहेको नेपाल विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह ए को उपविजेताको हैसियतमा यूएईले सेमिफाइनलमा स्थान पक्का गरेको हो। 

प्रतियोगिता सुरु हुनुभन्दा अघि भएको चार देशीय सिरिजमा भने नेपाल यूएईसँग पराजित भएको थियो।

तर, समूह बीको तीनै खेलमा जित हात पारेको नेपाल मंगलबार उच्च आत्मविश्वासको साथ मैदानमा उत्रिनेछ।

मंगलबार ओमानको अलमिरातस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ। 

त्यस्तै सोही समयमा अर्को सेमिफाइनलमा घरेलु टोलीओमान र आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .