किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिताको दोस्रो संस्करण चैत तेस्रो साता हुने हुने भएको छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत १९ गते हुने जानकारी दिएको हो।
नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको (किसुनजी) को स्मृतीमा संघले दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो।
नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा हुने प्रतियोगिता आयोजना गर्न ११ लाख खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
तेस्रो हुनेले २० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिता गोल्फुटार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, चावहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, हात्तीसार, जयनेपाल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानिपोखरी, नारायणगोपाल चोक, गोल्फुटार, नारायणथान हुँदै पुन गोल्फुटार बास्केटबल कोर्टमा पुगेर समापन हुनेछ।
Shares

प्रतिक्रिया