ad ad

खेल


क्यानडाले नेपाललाई दियो ८१ रनको सामान्य लक्ष्य

क्यानडाले नेपाललाई दियो ८१ रनको सामान्य लक्ष्य

नेपालखबर
फागुन ९, २०७८ सोमबार १६:५७, काठमाडौँ

नेपालले आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडालाई ८१ रनको लक्ष्य पाएको छ। 

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले क्यानडालाई १५ ओभरमा ८० रनमा अलआउट पारेको हो। 

बलरहरुले घातक बलिङ गरेपछि ९.१ ओभरमै ४८ रन बनाएको अवस्थामा नेपालले क्यानडाको ९ विकेट झारिसकेको थियो।

तर अन्तिम विकेटका लागि डिलोन ह्यालिंगर र सोलमान नजरले ३२ रनको साझेदारी गर्दै क्यानडालाई उक्त स्कोरमा पुर्‍याएका हुन्। 

डिलोनले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २४ रन जोडे। कप्तान नभनित धालिवालले १८, रायन पठानले १४ र सलमान नजरले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन। 

नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। ४ ओभरमा उनले १२ रनमात्रै खर्चे। यस्तै अविनास बोहरा र कमलसिंह ऐरीले समान २-२ विकेट लिए। 

योसँगै नेपालको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो भएको छ। नेपालले क्यानडामाथि जित हात पारेमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .