ad ad

खेल


क्यानडाविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन

क्यानडाविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन

नेपालखबर
फागुन ९, २०७८ सोमबार १५:२७, काठमाडौँ

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले क्यानडासँग टस हारेर फिल्डिङ गर्ने भएको छ। 

सेमिफाइनलमा पुग्न महत्वपूर्ण खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। 

यसअघि फिलिपिन्सविरुद्धको खेलमा विश्राममा रहेका तीव्र गतिका बलर कमलसिंह ऐरी टोलीमा फर्काइएका छन्। 

उनलाई गुलसन झाको स्थानमा ल्याइएको हो। 

नेपालको सुरुवाती–११ : कप्तान सन्दीप लामिछाने, आसिफ शेख , ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, कमलसिंह ऐरी र अभिनास बोहरा 

यही समूहको अर्को खेलमा ओमान र फिलिपिन्स खेल्दैछन्। खेलमा यी समिकरण आएमा नेपाल सेमिफाइनलमा हुनेछ-

१) पहिलो समिकरण
नेपालले क्यानडामाथि जित हात पारेमा सोझै सेमिफाइनल पुग्नेछ। ६ अंकसहित नेपाल समूह विजेता समेत बन्नेछ। यस्तो भएमा नेपालले अर्को समूहको उपविजेतासँग खेल्नेछ। अहिलेको सम्भावना हेर्दा समूह ए का आयरल्याण्ड वा यूएईसँग नेपालको भेट हुने सम्भावना बलियो देखिएको छ। 

२) दोस्रो समिकरण
क्यानडाले नेपाललाई तथा ओमानले फिलिपिन्सलाई पराजित गरेमा नेपालको सम्भावना नेट रनरेटमा भर पर्नेछ। यस्तो समिकरण आएमा नेपाल, क्यानडा र ओमानको समान ४ अंक हुनेछ। नेपालको ठूलो अन्तरको हार र ओमानको ठूलो अन्तरको जितले भने नेपाललाई समस्या पार्नसक्छ। तर अहिले सबैभन्दा बढी रनरेट रहेको नेपालले सकेसम्म झिनो अन्तरले क्यानडासँग हारे सेमिफाइनलमा पुग्नेछ।

३) तेस्रो समिकरण
फिलिपिन्सले ओमानलाई हराउँदा र नेपाल क्यानडासँग पराजित हुँदा पनि नेपालको सेमिफाइनल सम्भावना लगभग पक्का हुनेछ। यद्यपी कमजोर फिलिपिन्सले ओमानलाई पराजित गर्ने सम्भावना निकै न्यून छ। जितेमा भने समान ४–४ अंक भएका नेपाल र क्यानडा सेमिफाइनलमा हुनेछन्। २–२ अंकमा रोकिने ओमान र फिलिपिन्स बाहिरिनेछन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .