यूएई र आयरल्याण्ड आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेका छन्।
समूह ए अन्तर्गत सोमबार भएका खेलसँगै सेमिफाइनलमा पुग्ने टोलीको टुंग्गो लागेको हो। आयरल्याण्ड समूह विजेता र यूएई समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।
आयरल्याण्ड, यूएई र बेहराईनको समान ४–४ अंक पुगेको थियो। यूएई अन्तिम खेलमा बहराइनसँग ३ रनले पराजित भएपनि नेटरनरेटका आधारमा बहराईनलाई पछि पार्दै उपविजेता बन्यो।
आयरल्याण्डले भने अन्तिम खेलमा जर्मनीमाथि ७ विकेटको जित हात पारेको थियो। जितसँगै रनरेटका आधारमा आयरल्याण्ड शीर्ष स्थानमा रह्यो।
यस समूहबाट बहराईन र कुनैपनि अंक जोड्न नसकेको जर्मनी बाहिरियो।
अब आयरल्याण्डले सेमिफाइनलमा समूह बीको उपविजेता र यूएईले विजेतासँग खेल्दैछ।
उक्त समूहको खेल केहीबेरमा सुरु हुँदैछ। जसमा नेपालले क्यानडा र ओमानले फिलिपिन्सको सामना गर्दैछन्। उक्त खेलपछि समूह विजेता र उपविजेताको टुंग्गो लाग्नेछ।
सेमिफाइनलका खेलहरु मंगलबार हुनेछन्।
Shares

प्रतिक्रिया