खेल


क्यानडाविरुद्ध नेपालको सम्भावित सुरुवाती–११

क्यानडाविरुद्ध नेपालको सम्भावित सुरुवाती–११

नेपालखबर
फागुन ९, २०७८ सोमबार १२:५७, काठमाडौँ

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सोमबार समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ। जुन खेलपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना तय हुनेछ। 

यसअघि कमजोर फिलिपिन्सविरुद्धको खेलमा लयमा रहेका तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउण्डर विवेक यादवलाई नेपालले विश्राम दिएको थियो। 

उनीहरुका स्थानमा अलराउण्डर कुशल मल्ल र तीव्र गतीका बलर गुलसन झालाई समावेश गरिएको छ। 

खेलपछि कप्तान सन्दीप लामिछानेले कमललाई आराम आवश्यक रहेकोले विश्राम दिइएको बताएका थिए। यस खेलमा गुलसनको स्थानमा कमल टोलीमा फर्कनेछन्। 

यस्तै सन्दीपलाई साथ दिन स्पिनरका रुपमा कुशल मल्ललाई निरन्तरता दिने सम्भावना छ। फिलिपिन्सविरुद्ध उनले ४ ओभरमा १८ रनमात्रै खर्चेर १ विकेट लिएका थिए। यस्तै १० बलमा १२ रन बनाएका थिए। 

ओपनिङमा कुशल भुर्तेल र आसिफ सेखले निरन्तरता पाउनेछन्। त्यसपछि ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेखले मध्यक्रममा निरन्तरता पाउने सम्भावना रहेको छ। त्यसपछि फिनिसिङ भुमिकामा कुशल मल्ल, लोकेश बमलाई नेपालले प्रयोग गर्ने सम्भावना छ। 

तीव्रगतिको बलरका रुपमा कमलसिंह ऐरी, अभिनास बोहरा, जितेन्द्र मुखियाले निरन्तरता पाउनेछन्। मुख्य स्पिनरको भूमिका कप्तान सन्दीप लामिछानेले ब्यहार्नेछन्।

नेपालको सम्भावित सुरुवाती–११ : कप्तान सन्दीप लामिछाने, आसिफ शेख , ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, कमलसिंह ऐरी र अभिनास बोहरा 

छनोटको समूह बीमा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स गरी चार टोली छन्। चारमध्ये दुई टोली सेमिफाइनलमा पुग्नेछन्। समूह ए मा पनि यूएई, बहराईन, आयरल्याण्ड र जर्मनी गरी चार टोली छन्। त्यसमध्ये दुई महिना सेमिफाइनलमा हुनेछन। 

सेमिफाइनल जित्ने दुई टोली फाइनलमा पुग्नेछन्। त्यसमध्ये महत्वपूर्ण कुरो, फाइनलमा पुग्ने दुबै टोली यसैवर्षको अन्त्यम अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्। 

समूह बीमा सुरुवाती दुई खेलमा ओमान र फिलिपिन्सलाई पराजित गर्दै नेपाल ४ अंकका साथ शीर्ष स्थानमा छ। समान २ अंक भएपनि नेट रनरेटका आधारमा क्यानडा दोस्रो र ओमान तेस्रो स्थानमा छन्। 

नेपालले क्यानडा र ओमानले फिलिपिन्सविरुद्धसँग खेलेसँगै सेमिफाइनलमा पुग्ने दुई टोलीको टोली लाग्नेछ। यस्तोमा नेपालको सेमिफाइनल पुग्ने तीन सम्भावना यस्ता छन्–  

१) पहिलो समिकरण
नेपालले क्यानडामाथि जित हात पारेमा सोझै सेमिफाइनल पुग्नेछ। ६ अंकसहित नेपाल समूह विजेता समेत बन्नेछ। यस्तो भएमा नेपालले अर्को समूहको उपविजेतासँग खेल्नेछ। अहिलेको सम्भावना हेर्दा समूह ए का आयरल्याण्ड वा यूएईसँग नेपालको भेट हुने सम्भावना बलियो देखिएको छ। 

२) दोस्रो समिकरण
क्यानडाले नेपाललाई तथा ओमानले फिलिपिन्सलाई पराजित गरेमा नेपालको सम्भावना नेट रनरेटमा भर पर्नेछ। यस्तो समिकरण आएमा नेपाल, क्यानडा र ओमानको समान ४ अंक हुनेछ। नेपालको ठूलो अन्तरको हार र ओमानको ठूलो अन्तरको जितले भने नेपाललाई समस्या पार्नसक्छ। तर अहिले सबैभन्दा बढी रनरेट रहेको नेपालले सकेसम्म झिनो अन्तरले क्यानडासँग हारे सेमिफाइनलमा पुग्नेछ।

३) तेस्रो समिकरण
फिलिपिन्सले ओमानलाई हराउँदा र नेपाल क्यानडासँग पराजित हुँदा पनि नेपालको सेमिफाइनल सम्भावना लगभग पक्का हुनेछ। यद्यपी कमजोर फिलिपिन्सले ओमानलाई पराजित गर्ने सम्भावना निकै न्यून छ। जितेमा भने समान ४–४ अंक भएका नेपाल र क्यानडा सेमिफाइनलमा हुनेछन्। २–२ अंकमा रोकिने ओमान र फिलिपिन्स बाहिरिनेछन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad