जर्मन बुन्डेस लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्यन म्युनिखले लिगको पुछारमा रहेको ग्रौथर फर्थमाथि ४–१ गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ।
बार्यनलाई जित दिलाउने क्रममा बार्यनका रोबर्ट लेवान्डोस्कीले २ गोल गरे। खेलको पहिलो हाफमा १–० गोलले पछि परेको टोलीले दोस्रो हाफमा ४ गोल गरेको हो।
लेवान्डोस्कीले खेलको ४६ औं र ८२ औं मिनेटमा गोल गरेका थिए। १ गोल आत्मघाती भएको थियो भने चोउपो मोटिङले इन्ज्युरी समयमा १ गोल गर्दै अन्तर फराकिलो पारे।
बुन्डेसलिगामा बार्यन म्युनिख २३ खेलबाट ५५ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको बी डर्टमन्डको समान खेलबाट ४९ अंक छ।
33
Shares

प्रतिक्रिया