इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि ४–२ गोल अन्तरको जित हात पारेको छ।
युनाइटेडले खेलको पहिलो हाफमा २–० को अग्रता लिएको भए पनि दोस्रो हाफको ५३ र ५४ औं मिनेटमा लिड्स युनाइटेडले लगातार दुई गोल थप्दै खेल बराबरीमा ल्याएको थियो।
खेलको ७० र ८८ औं मिनेटमा पुनः म्यानचेस्टर युनाइटेडले गोल थप्दै जित हात पार्यो।
जितसँगै म्यानचेस्टर युनाइटेडले लिगमा २६ खेलबाट ४६ अंक हात पारेको छ। युनाइटेड लिगको चौथो स्थानमा छ।
शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलबाट ६३ अंक छ।
36
Shares

प्रतिक्रिया