मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै न्युरोड टिम एनआरटी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एनआरटीले मनाङलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा पुगेको हो।
पराजित मनाङ भने तेस्रो स्थानमा झरेको छ। समान २० अंक भएपनि हेड टु हेडको आधारमा मनाङ एक स्थान झरेको हो।
खेलको पहिलो हाफमा एनआरटीले सुरुवाती अग्रता बनाएको थियो। खेलको प्लेयर अफ दि म्याच बनेका मेसुके ओलुमोउले खेलको २६ औँ मिनेटमा गरेको गोल नै एनआरटीका लागि निर्णायक बन्यो।
पहिलो हाफमा केही दबाबमा रहेको मनाङले दोस्रो हाफमा केही सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।
लिगमा मनाङको लगातार दोस्रो र समग्रमा चौथो हार हो। यसअघि मनाङ एपीएफसँग ३–१ ले तथा मछिन्द्र क्लबसँग सँग १–० र सातदोबाटो युथ क्लबसँग सँग २–१ ले पराजित भएको थियो। मनाङले दुई खेलमा बराबरी र ६ खेलमा जित निकालेको छ।
एनआरटीको भने यो पाँचौँ जित हो। लिगमा ५ खेलमा बराबरी गरेको एनआरटीले २ खेलमा हार भोगेको छ।
Shares

प्रतिक्रिया