खेल


पारसलाई उछिन्दै कुशल बने ५ अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी

पारसलाई उछिन्दै कुशल बने ५ अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०७८ शनिबार १२:२९, काठमाडौँ

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालबाट ५ अर्धशतक प्रहार गर्ने कुशल मल्ल पहिलो खेलाडी बनेका छन्। 

फिलिपिन्सविरुद्धको जारी टी-२० विश्वकप छनोटमा अर्धशतक पूरा गर्दै  कुशलले नेपालबाट पाँच अर्धशतक प्रहार गरेका हुन्। 

नवौं ओभरको छैटौं बलमा चार रन प्रहार गर्दै उनले अर्धशतक प्रहार गरेका हुन्। 

यसअघि टी-२० अन्तर्राष्ट्रियमा उनी र पूर्वकप्तान पारस खड्काको नाममा ४-४ अर्धशतक थिए। 

कुशलले गत अप्रिलमा कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाका पाँच खेलमा ४ अर्धशतक प्रहार गरेका थिए।

पारसले ३३ खेलको ३२ इनिङ्समा ४ अर्धशतक प्रहार गरेका थिए। कुशलले ८ खेलको ८ इनिङ्समा ५ अर्धशतक हिर्काएका हुन्। 

उनीहरुबाहेक दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारीको नाममा २-२ अर्धशतक छन्। त्यसबाहेक ज्ञानेन्द्र मल्ल, आसिफ सेख,​ कुशल मल्ल, सन्दीप जोराले एक एक अर्धशतक प्रहार गरेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad