खेल


राष्ट्रिय महिला फुटबल लिगका पहिलो चरणका खेल चितवनमा हुने

राष्ट्रिय महिला फुटबल लिगका पहिलो चरणका खेल चितवनमा हुने

नेपालखबर
फागुन ४, २०७८ बुधबार १३:१५, काठमाडौँ

राष्ट्रिय महिला फुटबल लिगका पहिलो चरणका खेलहरु चितवनमा हुने भएको छ। 

लिगका पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ। 

सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र भरतपुरका मेयर रेनु दाहालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार लिग सञ्चालनका लागि महानगरले एन्फालाई २० लाख रुपैयाँ दिनेछ। 

सम्झौता अनुसार लिगका ५६ मध्ये २८ खेल चितवनमा हुनेछन्। पहिलो चरणका खेलहरु फागुन १० गतेबाट सुरु हुनेछ।

लिगका खेलहरु भरतपुर ७ को कृष्णपुर खेल मैदान र भरतपुर १९ का खेल मैदानमा हुनेछ। 

लिगका दोस्रो चरणका खेलहरु भने विराटनगरमा हुनेछ। 

महिला लिगमा ३ विभागीय सहित ८ टोली सहभागी हुनेछन्। लिगमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपीएफ फुटबल क्लब, वालिङ नगरपालिका, विराटनगर नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका खेल्नेछन्।

धनगढी र ललितपुर यही सिजन महिला लिगका लागि छनोट भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad