ad ad

खेल


खेलकुदमा बजेट बढाउन पहल गरिदिन संसदीय समितिलाई खेलकुदमन्त्रीको आग्रह

खेलकुदमा बजेट बढाउन पहल गरिदिन संसदीय समितिलाई खेलकुदमन्त्रीको आग्रह

नेपालखबर
फागुन ३, २०७८ मंगलबार १७:२३, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रमा बजेट बढाउन पहल गरिदिन संसदीय समितिको ध्यानाकर्षण गराएका छन्।

मन्त्री गहतराजले खेलकुद क्षेत्रमा राज्यले गरेको लगानीको अवस्था दयनीय रहेको उल्लेख गर्दै त्यसलाई बढाउनका लागि पहल गरिदिन संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको ध्यानाकर्षण गराएका हुन्। 

मंगलबार समितिको बैठकमा बोल्दै उनले खेलकुद क्षेत्र उत्पादनमूलक क्षेत्र भएको र त्यसमा लगानी बढाउनुपर्छ भन्ने मान्यता राज्यमा विकास गराउन पनि सम्बन्धित सबै पक्षले सहयोग गर्नुपर्ने बताए।

मन्त्री गहतराजले बजेट अभावकै कारण खेलाडीहरुको मनोबल उच्च बढाउन र खेलकुद क्षेत्रको पूर्वाधार विकासका कामहरु अघि बढाउन नसकिएको पनि स्पष्ट पारे।

उनले अदालतका अल्पकालिन आदेशका कारण पनि खेलकुद क्षेत्रको, युवाहरुलाई सशक्तिकरण गर्ने कार्यक्रमहरु अघि बढाउन समस्या भईरहेको स्मरण गराए। मन्त्री गहतराजले खेलकुद क्षेत्रको राम्रो प्रतिफल लिनका लागि त्यसमा लगानी बढाउनुको विकल्प नरहेको पनि पटकपटक दोहोर्याए।

उनले भने, ‘खेलकुद क्षेत्रमा लगानी बढाउने दिशामा संसदीय समितिको समेत ध्यान जानुपर्ने मैले देखेको छु। यो अन्तर्राष्ट्रिय जनसम्बन्धको क्षेत्र पनि हो। त्यसकारण यो क्षेत्रमा गरिने लगानी अनुत्पादक हुँदैन भन्ने कुरा समितिले चासो दिए लगानी वृद्धि हुने र त्यसबाट राम्रो प्रतिफल प्राप्त हुन सक्ला भन्ने मलाई लागेको छ।’

बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले खेलकुद क्षेत्रको गतिविधिलाई चलायमान हुने गरी आवश्यक ऐनहरु संशोधनको कामलाई अघि बढाइएको जानकारी समितिलाई गराए। उनले सर्वोच्च अदालतको अल्पकालिन आदेशका कारण राष्ट्रिय खेलकुद परिषदलगायतका निकायहरुको काम प्रभावित भईरहेको बताए।

सचिव रेग्मीले खेलाडीहरुको मनोबल बढाउन र युवाहरुलाई सशक्तिकरण गरेर राष्ट्र निर्माणमा लगाउने खालका काम बजेटको अभावमा प्रभावकारी हुन नसकेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .