इंग्लिस प्रिमियिर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले लिगको पुछारमा रहेको बर्नलीमाथि १–० गोल अन्तरको जित हात पारेको छ।
आइतबार भएको खेलको ४० औं मिनेटमा लिभरपुलका लागि फाबिन्होले निर्णायक गोल गरे। उनको एक गोल नै लिभरपुललाई लगातार चौथो जित दिलाउन पर्याप्त बन्यो।
यससँगै लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंकदुरी पनि ९ अंकमा छोट्याएको छ।
लिभरपुलले लिगमा २४ खेलबाट ५४ अंक हात पारेको छ। सिटीले २५ खेलबाट ६३ अंक जोडेको छ।
18
Shares
प्रतिक्रिया