स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना र स्पानोलले २–२ गोलको बराबरी खेलेका छन्।
खेलको दोस्रो मिनेटमा नै गोन्जालेज लोपेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। तर, ४० र ६४ औं मिनेटमा गोल गर्दै स्पानोलले खेल २–१ को अवस्थामा पुर्याएको थियो।
खेलको इन्ज्युरी समयमा बार्सिलोनाका लुक डे जोङले बराबरी गोल फर्काए।
आइतबार भएको खेलको इन्ज्युरी समय तनावपूर्ण बन्न पुगेको थियो। स्पानोलका २ र बार्सिलोनाका १ खेलाडीले रातो कार्ड पाए।
यससँगै बार्सिलोना २३ खेलबाट ३९ अंकका साथमा लिगको चौथो स्थानमा उक्लिएको छ। लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले २४ खेलबाट ५४ अंक हात पारेको छ।
24
Shares
प्रतिक्रिया