ad ad

खेल


आईपीएलमा कुनै टोलीको रुचीमा परेनन् सन्दीप लामिछाने

आईपीएलमा कुनै टोलीको रुचीमा परेनन् सन्दीप लामिछाने

नेपालखबर
फागुन १, २०७८ आइतबार १९:१, काठमाडौँ

राष्टिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) मा ‘अनसोल्ड’ भएका छन्।

आईपीएलको दुई दिन चलेको मेगा अक्सनमा सन्दीपमाथि कुनै टोलीले रुची नदेखाएपछि बिक्री नभएका हुन्। पहिलो दिन अन्तिम खेलाडीका रुपमा सन्दीपको नाम आएपनि कुनै टोलीले उनीमाथि बोली लगाएनन्।

सन्दीपले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) राखेका थिए। 

सन् २०२१ को अक्सनमा पनि सन्दीपमाथि कुनै टोलीले बोली लगाएका थिएनन्। सन् २०१८ मा देल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले उनको न्यूनतम मूल्य २० लाख भारु मा किनेको थियो।

नेपालबाट आईपीएल खेल्ने सन्दीप पहिलो खेलाडी हुन्। २०२० सम्म दिल्लीमा रहेका सन्दीपले ९ खेलमा १३ विकेट झारेका थिए। सन् २०२१ मा सन्दीपलाई दिल्लीले फुकुवा गरेपनि अन्य टोलीले उनीमाथि रुची देखाएनन्। 

२०१८ मा भने दिल्लीले अन्तिम ३ खेलमा सन्दीपलाई मौका दिएको थियो। सो खेलमा उनले ५ विकेट लिएका थिए। २०१९ मा सन्दीपले खेलेका ६ खेलमा ९ विकेट लिए। २०२० मा भने उनी पुरा समय बेन्चमा सिमित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .