इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिन पुगेको छ।
साउथह्यापटनसँग १-१ गोलको बराबरी खेलेपछि आगामी सिजन च्याम्पियन्स लिगको यात्रामा पनि उसले धक्का बेहोरेको छ।
घरेलु मैदानमा जाडोन सान्चोले दिलाएको अग्रता जोगाउन नसक्दा युनाइटेड अंक बाँड्न बाध्य भयो।
२१ औँ मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।
खेलको ४८ औं मिनेटमा साउथह्यापटनका चे एडम्सले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।
यो खेलमा पनि सुरुवाती लाइनअपमा रहेका क्रिस्टियानो रोनाल्डो गोल गर्न असफल भए। यससँगै उनी ६ खेलमा गोल गर्न चुकिसकेका छन्।
यस बराबरीपछि युनाइटेडले २४ खेलबाट ४० अंक बनाएको छ। ऊ अहिले लिगको पाँचौँ स्थानमा छ।
समान खेलबाट ४० अंकसहित वेस्टह्याम युनाइेड पनि चौथो स्थानमा छ। आजको खेल जितेको भए युनाइेटडले च्याम्पियन्स लिग यात्रा बलियो बनाउँदै लाने थियो। तर बराबरीले च्याम्पियन्स लिग यात्रामा युनाइटेडभन्दा वेस्टह्याम अघि छ।
Shares
प्रतिक्रिया