ad ad

खेल


लोकेश बमले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गर्दै

लोकेश बमले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गर्दै

नेपालखबर
माघ २९, २०७८ शनिबार ११:१५, काठमाडौँ

लोकेश बमले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गर्ने भएका छन्। 

चारदेशीय टी–२० क्रिकेट शृंखलामा अन्तर्गत नेपालले केहीबेरमा यूएईविरुद्धको खेलमा लोकेशले डेब्यू गर्ने भएका हुन्। 

उनलाई शरद भेषावकरले डेब्यू क्याप हस्तान्तरण गरेका थिए।

ओमान भ्रमण गर्ने टोलीका लागि प्रशिक्षक पुबुदु दासानायकेले सुरुमा घोषणा गरेको बन्द प्रशिक्षणको टोलीमा लोकेशको नाम थिएन। 

तर बन्द प्रशिक्षणका लागि खेलाडी घोषणापछि भएको प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनपछि उनलाई सिधैँ अन्तिम टोलीमा बोलाइएको हो। प्रधानमन्त्री कपमा एपीएफ क्लबबाट खेलेका लोकेशले आर्मीविरुद्ध १४ बलमै र बागमतीविरुद्ध २१ बलमा सनसनीपूर्ण अर्धशतक प्रहार गरेका थिए।

ओमानको अल इमिरात मैदानमा हुने लागेको यो खेल नेपालको लागि शृंखलाको दोस्रो खेल हो। नेपालले शुक्रबार ओमानलाई ६ विकेटले हराएको थियो। 

आईसीसी टी–२० विश्वकप छनोटको तयारीको लागि यो प्रतियोगिता भइरहेको हो। नेपालले पछिल्लोपटक सन् २०१९ मा यूएईसँग तीन टी–२० अन्तर्राष्ट्रिय  खेल खेलेको थियो।

उक्त सिरिज नेपालले २–१ ले जितेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .