ad ad

खेल


फ्रेण्ड्स क्लबद्वारा ए डिभिजन लिगकाे १० औँ चरणमा पहिलो जित दर्ता

फ्रेण्ड्स क्लबद्वारा ए डिभिजन लिगकाे १० औँ चरणमा पहिलो जित दर्ता

नेपालखबर
माघ २८, २०७८ शुक्रबार १५:५४, काठमाडौँ

रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको फ्रेण्ड्स क्लबले कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा १० औँ चरणमा आएर पहिलो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा फ्रेण्ड्सले ब्रिगेड ब्वाईज क्लबलाई ५–२ को फराकिलो अन्तरले हराउँदै सानदार जित निकालेको हो। 

पहिलो जित निकाल्ने क्रममा फ्रेण्ड्सका जमोल एन्थोनी पउल र सुशिल शाहले समान दुई तथा श्यामबाबु क्याप्छकीको नाममा एक गोल रह्यो। बीबीसीका लागि ड्यानी जुनियर वाम्वा र अनिल गुरुङले समान एक/एक गोल फर्काए।

खेलको १४औं मिनेटमा सुशिल शाहले फ्रिकिकमा गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए। २५औं मिनेटमा ड्याडी जुनियर वाम्वाले फ्रिकिकमा नै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

२७औं मिनेटमा श्यामबाबु क्याप्छकीले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए। पहिलो हाफको ईन्ज्युरी समयमा जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै पहिलो हाफमा ३–१ को अग्रता बनायो। 

खेलको ७६ औं मिनेटमा जमोल एन्थोनीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो पारे। त्यसको दुई मिनेटमा सुशिल शाहले व्यक्तिगत दोस्रो गोल गरे। 

८६ औं मिनेटमा कप्तान अनिल गुरुङले पेनाल्टीमा गोल गर्दै खेललाई गोल अन्तर कम गरेपनि जितको लागि पर्याप्त भएन। 

पहिलो जितसँगै १० खेलबाट ६ अंक जोडेको फ्रेन्ड्स १२ औँ स्थानमा उक्लेको छ। समान ६ अंक नै भएको बीबीसी १३ औं तथा ५ अंक जोडेको च्यासल युथ क्लब पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .