ad ad

खेल


ए डिभिजन लिगः आजदेखि १० औं चरणका खेल सुरु हुँदै

ए डिभिजन लिगः आजदेखि १० औं चरणका खेल सुरु हुँदै

नेपालखबर
माघ २८, २०७८ शुक्रबार ९:१८, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबारदेखि १० औं चरणका खेल सुरु हुँदै छन्।

शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो १ बजे फेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।

अंकतालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लबले ९ खेलबाट केवल ३ अंक जोडेको छ। ब्रिगेड ब्वाइजले समान खेलबाट ६ अंक हात पारेको छ। 

त्यस्तै अर्को खेलमा त्रिभुवन आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

जावलाखेलले ९ खेलबाट ८ अंक हात पारेको छ भने त्रिभुवन आर्मीले समान खेलबाट १७ अंक जोडेको छ। 

शुक्रबारका दुवै खेल दशरथ रंगशालामा हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .