इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले वुल्भरहाम्टन वान्डरसमाथि १–० गोल अन्तरको जित हात पारेको छ।
आर्सनललाई जिताउन खेलको २५ औं मिनेटमा ग्राबिएलले निर्णायक गोल गरेका थिए।
खेलको ६९ औं मिनेटमा आर्सनलका ग्राबिएल मार्टिनेलीले रातो कार्ड पाएका थिए।
असामान्यरुपमा दिइएको उक्त रातो कार्डपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो। तर, विपक्षी टोलीले यसको फाइदा भने उठाउन सकेन।
जितसँगै आर्सनल अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। उसले २२ खेलबाट ३९ अंक बटुलेको हो।
यससँगै म्यानचेस्टर युनाइटेड भने छौटौं स्थानमा झरेको छ। उसले २३ खेलबाट ३९ अंक बटुलेको छ।
33
Shares
प्रतिक्रिया