मोन्टेनेग्रोविरुद्ध ७-० को शानदार जित हात पार्दै इंग्ल्यान्ड युरोकप २०२० मा छनोट भएको छ।
बिहीबार राति भएको खेलमा कप्तान ह्यारी केनले ह्याट्रिक प्रहार गरे। वेम्वली स्टेडियममा भएको खेलमा केनसँगै एलेक्स अक्सलेड चेम्वरलेन, मार्कुस रासफोर्ड र टम्मी अब्राहमले गोल गरे।
एक गोल इंग्ल्याण्डले आत्मघाति उपहार पाएको थियो। केनले १९, २४ र ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। त्यसबाहेक ११औं मिनेटमा चेम्वरलेन, ३०औं मिनेटमा रासफोर्डलले गोल गर्दै पहिलो हाफमा इंग्ल्याण्डलाई ५-० ले अघि बढाए।
६६औं मिनेटमा एलेक्ससान्दर सो फ्रान्सले आत्मघाती गोल गरे भने ८४औं मिनेटमा टम्मी अब्राहमले गोल गर्दै इंग्ल्यान्डको जित दिलाए। यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो। जितसँगै इंग्ल्यान्ड समूह ‘ए’ मा ७ खेलबाट १८ अंक छ। पराजित मोन्टेनग्रोको ३ अंक छ।

प्रतिक्रिया