खेल


पोर्चुगलको जितमा रोनाल्डोको शानदार ह्याट्रिक

पोर्चुगलको जितमा रोनाल्डोको शानदार ह्याट्रिक

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार २:४५,

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि युरोकप छनोटअन्तर्गत बिहीबार राति भएको खेलमा लिथ्वानियालाई ६–० ले हराउँदै पोर्चुगलले युरोकप छनोट हुने सम्भावना बलियो बनाएको छ अब उसलाई छनोट हुने एक जितमात्रै आवश्यक छ।

रोनाल्डोले ह्याट्रिकसँगै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ९८ पु¥याएका छन्। आइतबार हुने लक्जेम्बरविरुद्धको खेलमा २ गोल गर्नसकेँ अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गर्ने रोनाल्डो दोस्रो खेलाडी बन्नेछन। साथसाथै लक्जेम्बरलाई पराजित गरे पोर्चुगल अर्को वर्ष हुने यूरोकपमा समेत छनोट हुनेछ। पोर्चुगलका लागि रोनाल्डोको यो नवौं ह्याट्रिक हो।

रोनाल्डोले ७औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेभने २२औं दोस्रो गोल गरे। ५२औं मिनेटमा पिज्जीले, ५६औं मिनेटमा गोन्कालो पासिन्सिया र ६३औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गरे।

त्यसको दुई मिनेटपछि बर्नार्डो सिल्भाको पासमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई ६–० को जित दिलाए।

जितसँगै पोर्चुगल समूह बी मा १४ अंकसहित दोस्रो स्थानमा छ। समूहमा युक्रेन १९ अंक बनाउँदै छनोट भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad