ad ad

खेल


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको स्पोर्ट्स अवार्ड फागुन १७ गते, ७ विधामा नगदसहितको अवार्ड

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको स्पोर्ट्स अवार्ड फागुन १७ गते, ७ विधामा नगदसहितको अवार्ड

नेपालखबर
माघ २७, २०७८ बिहिबार १४:१५, काठमाडौँ

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आगामी फागुन १७ गते १६औँ एनएनआईपीए स्पोर्ट्स अवार्ड आयोजना गर्ने भएको छ। 

संघले आफ्नो वार्षिक कार्यक्रमअनुसार प्रत्येक वर्ष खेलाडीहरुको प्रोत्साहनका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडीहरुलाई सम्मानित गर्दै आइरहेको छ। 

फागुन १७ को कार्यक्रम यसकै निरन्तरता भएको संघले जनाएको छ। गत वर्ष २०७७ मा कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियागिताहरु नभएको हुँदा यस वर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलहरुलाई आधार मानी यो कार्यक्रमको आयोजना गर्नलागेको संघका अध्यक्ष दीपक श्रेष्ठले बताए। 

यो वर्ष विगत केही वर्षदेखि उत्कृष्ट प्रर्दशन गर्दै आइरहेका भनी सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीहरुलाई सम्मान गर्ने उनले बताए।

विगतका केही वर्षदेखि यो कार्यक्रम काठमाण्डौ उपत्यकाका विभिन्न ऐतिहासिक, सारिकृतिक सहरहरुमा आयोजना गर्दै आइरहेकोमा यस वर्ष ललितपुरको गोदावरी नगरपालिका स्थित बज्र बाराही मन्दिर परिसरमा कार्यक्रम आयोजना हुने संघले जनाएको छ। 

यसको लागि गोदावरी नगरपालिका स्थानीय आयोजकको रुपमा रहने भएको छ। 

यस वर्ष २७ खेलमध्येका उत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडीहरुमध्ये एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडी, एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी सम्मानित हुनेछन्। 

जसमध्ये २७ खेलमध्ये उत्कृष्टलाई अवार्डसहित १० हजार, उत्कृष्टमध्ये सर्वोत्कृष्ट महिला/पुरुष १/१ जनालार्य सम्मान पत्र र १ लाख रुपैयाँ, प्रतिभाशाली महिला/पुरुष १/१ जनालाई सम्मानपत्र र ५० हजार, उदीयमान १/१ जनालाई सम्मानपत्र र ५० हजार, पाका खेल व्यक्ति १ जनालाई गजराज आदर्श खेल व्यक्तित्व सम्मानपत्र र ३५ हजार, १ खेल पत्रकारलाई २५ हजारसहितको खेल पत्रकारिता पुरस्कार र एक वर्ष उत्कृष्ट पारा खेलाडीलाई १० हजारसहित अवार्ड प्रदान गरिने संघले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .