ad ad

खेल


बेइजिङ शीतकालीन ओलम्पिकः पदक तालिकामा जर्मनी सबैभन्दा अगाडि, पछ्याउँदै नर्वे

बेइजिङ शीतकालीन ओलम्पिकः पदक तालिकामा जर्मनी सबैभन्दा अगाडि, पछ्याउँदै नर्वे

नेपालखबर
माघ २७, २०७८ बिहिबार ९:२८, काठमाडौँ

चीनमा शीतकालीन ओलम्पिक चलिरहेको छ। कोभिड–१९ को महामारीका बीच भइरहेको यो प्रतियोगितामा अहिलेसम्म भएका खेलमा जर्मनी पदकतालिकाको शीर्षस्थानमा देखिएको छ।

अहिलेसम्म जर्मनीले ५ स्वर्ण र ३ रजतसहित ८ पदक जितेको छ भने दोस्रो स्थानमा रहेको नर्वेले ४ स्वर्ण, २ रजत र ४ कास्यपदक जितेको छ।

उसले समग्रमा १० पदक जितेको छ।

स्वीडेनले ४ स्वर्ण, १ रजत र २ कास्यपदक जितेको छ। आयोजक चीन ३ स्वर्ण र २ रजतसहित ७  पदक जित्दै तालिकाको पाँचौं स्थानमा छ।

छैटौं स्थानमा रहेको अमेरिकाले २ स्वर्ण, ५ रजत र १ कास्यसहित ८ पदक हात पारेको छ। 

अहिलेसम्म २४ मुलुकले पदकमा खाता खोलेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .