इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग १–१ को बराबरीमा रोकिएको छ।
खेलको १८ औं मिनेटमा नै म्यानचेस्टर युनाइटेडले पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो।
यद्यपि खेलको ४७ औं मिनेटमा बर्नलीका जे रोड्रिगेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलमा थप गोल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका हुन्।
यससँगै म्यानचेस्टर युनाइटेड अङ्कतालिकाको पाँचौं स्थानमा झरेको छ।
उसले २३ खेलबाट ३९ अंक जोडेको छ। तालिकाको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलबाट ५७ अंक छ।
27
Shares
प्रतिक्रिया