स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले ग्रानाडामाथि १–० गोल अन्तरको जित हात पारेको छ।
लिगको शीर्षस्थानमा रहेको रियलले महत्वपूर्ण ३ अंक जोड्दै दोस्रो स्थानमा रहेको टोलीसँगको दुरी बढाएको हो।
आइतबार भएको खेलमा रियललाई जित दिलाउन खेलको ७४ औं मिनेटमा मार्को एसेन्सिओले निर्णायक गोल गरे।
आइतबार रियलका करिम बेन्जेमालगायत चार शीर्ष खेलाडी थिएनन्।
आइतबारको खेलमा जित हात पारेसँगै रियलले २३ खेलबाट ५३ अंक हात पारेको छ।
दोस्रो स्थानमा रहेको सेभिल्लाले समान खेलबाट ४७ अंक जोडेको छ।
33
Shares

प्रतिक्रिया