ad ad

खेल


अफ्रिका कपको उपाधिका लागि आमनेसामने हुँदै लिभरपुलका दुई स्टार

अफ्रिका कपको उपाधिका लागि आमनेसामने हुँदै लिभरपुलका दुई स्टार

नेपालखबर
माघ २३, २०७८ आइतबार १३:१८, काठमाडौँ

प्रिमियर लिग क्लब लिभरपुलका दुई स्टार अफ्रिका कप फुटबलको उपाधिका लागि आइतबार मध्यराति आमनेसामने हुँदै छन्। 

आइतबार राति क्यामरुमनको याओण्डेस्थित ओलेम्बे स्टेडियममा अफ्रिका कप फुटबलको उपाधिका लागि इजिप्ट र सेनेगल भिड्दै छन्। 

सर्वाधिक ७ पटक अफ्रिका कपको उपाधि उचालेको इजिप्ट र गत संस्करण उपाधि नजिक पुगेर पनि उपाधि विमुख भएको सेनेगलको यो उपाधि भीडन्तलाई निकै चासोका साथ हेरिएको छ। 

इंग्लिस प्रिमियर लिगमा लिभरपुलका चलायमान खेलाडी इजिप्टका लागि मोहम्मद सलाह र सेनेगलका लागि सोडियो माने आफ्नो देशको प्रतिनिधित्व गर्दै छन्।  

सेनेगल सन् २०१९ मा उपाधि नजिक पुगेर पनि पराजित भएको थियो। 

माने र सलाह दुवैका लागि उपाधि भिडन्त महत्वपुर्ण छ। सेनेगलले खेलेका ६ खेलमध्ये ४ खेलमा माने ‘म्यान अफ दि म्याच’ बनेका थिए। 

सेनेगललाई उपाधिनजिक पुर्याउनका लागि मानले आक्रामक फुटबल खेल्दै आएका छन्। 

उता सलाहले भने देशका लागि उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन्। २९ वर्षीय सलाहले गिनी बिसाउनविरुद्ध मात्र एक गोल गरेका थिए। 

तर प्रिमियर लिगका गोल मेसिन सलाहसँग कुनै पनि क्षणमा खेल बदल्न सक्ने क्षमता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .