कोभिड–१९ को महामारी र कूटनीतिक बहिष्कारका बीच चीनमा शीतकालीन ओलम्पिक सुरु भएको छ।
चीनको राजधानी सहर बेइजिङ ग्रीष्मकालीन र शीतकालीन ओलम्पिक आयोजना गर्ने एक मात्र सहर बनेको छ।
बेइजिङ शीतकालीन ओलम्पिक २०२२ को लागि यसपटक ‘साझा भविष्यको लागि एकसाथ’ भन्ने नारा राखिएको छ।
शीतकालीन ओलम्पिकको लागि तयार पारिएको अधिकांश हिउँ कृत्रिम हो। यद्यपि रंगशाला भित्रको तापक्रम कायम राख्न ठूला फ्रिजरहरु राखिएको छ।
यसपटकको ओलम्पिकमा कोरोना संक्रमण नियन्त्रणको लागि दर्शकहरु पनि सीमित हुनेछन्। विदेशबाट आउने दर्शकलाई अनुमति दिइनेछैन भने चीनका पनि सीमित समूहलाई पनि प्रतियोगिता हेर्नलाई निमन्त्रणा पठाइनेछ।
उनीहरुले पनि कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक नियम पालना गर्नुपर्ने हुन्छ।
विश्वका केही मुलुकले विभिन्न मुद्दालाई लिएर शीतकालीन ओलम्पिक बहिष्कार गर्ने निर्णय गरेका छन्।
Shares

प्रतिक्रिया