भारतले शुक्रबारदेखि चीनको राजधानी बेइजिङमा सुरु हुन गइरहेको शीतकालीन ओलम्पिक कुटनीतिकरुपमा बहिस्कार गर्ने निर्णय गरेको छ।
चीनले भारतसँगको सीमा विवादको क्रममा भएको झडपका घाइते कमाण्डरलाई ओलम्पिकको टर्च समाउन दिने निर्णय गरेसँगै भारतले कूटनीतिकरुपमा यो प्रतियोगिता बहिस्कार गर्ने निर्णय गरेको हो।
भारतले चीनले शीतकालीन ओलम्पिकलाई लिएर राजनीति गरेको भारतको आरोप छ। अब ओलम्पिकको उद्घाटन र समापन समारोहमा भारतीय प्रतिनिधिहरु सहभागी हुने छैनन्।
त्यस्तै भारतको दूरदर्शनले पनि उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण नगर्ने भएको छ।
यसपटकको शीतकालीन ओलम्पिकमा भारतका एकमात्र खेलाडी सामेल हुनेछन्। भारतले चीनले शीतकालीन ओलम्पिकलाई लिएर राजनीति गर्न खोज्नु निराशाजनक भएको उल्लेख गरेको छ।
भारतको यो निर्णयले आगामी दिनमा भारत–चीन तनाव थप बढाउन सक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। यसअघि विभिन्न मुलुकले शीतकालीन ओलम्पिक बहिस्कार गर्दा पनि भारतले भने यसलाई समर्थन गरेको थियो।
यद्यपि अहिले नै चीनमा रहेका भारतीय प्रतिनिधि भने ओलम्पिकको समारोहमा सामेल हुनेछन्। भारतबाट भने शीर्ष अधिकारीहरु यो प्रतियोगिताको समारोहमा सामेल हुने छैनन्।
Shares

प्रतिक्रिया