ad ad

खेल


अफगानिस्तानलाई हराउँदै इंगल्याण्ड २४ वर्षपछि यू–१९ विश्वकपको फाइनलमा

अफगानिस्तानलाई हराउँदै इंगल्याण्ड २४ वर्षपछि यू–१९ विश्वकपको फाइनलमा

नेपालखबर
माघ १९, २०७८ बुधबार ७:९, काठमाडौँ

इंगल्याण्ड यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।

मंगलबार भएको सेमिफाइनल खेलमा अफगानिस्तानमाथि १५ रनको रोमाञ्चक जित हात पार्दै इंगल्याण्डले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। 

मंगलबार भएको वर्षाले प्रभावित खेलमा पहिला ब्याटिङ गरेको इंगल्याण्डले निर्धारित ४७ ओभरमा ६ विकेट गुमाउँदै २३१ रन बनाएको थियो।

इंगल्याण्डका लागि जर्ज थोमसले ५० रन, जर्ज बेलले अविजिति ५६ रन र एलेक्स होर्टनले अविजित ५३ रनको पाली खेलेका थिए। 

डक अफ वर्थ लेविस नियमअनुसार २३१ रनकै लक्ष्य पाएको अफगानिस्तानले ४७ ओभरमा ९ विकेट गुमाउँदै २१५ रन मात्र बनाउन सक्यो।

अफगानिस्तानका अल्लाह नूरले ६० रन बनाउँदै अफगानिस्तानलाई बलियो अवस्थामा पु¥याए पनि जित भने दिलाउन सकेनन्। 

अन्तिम ३ ओभरमा अफगानिस्तानलाई जितको लागि २३ रन मात्र आवश्यक थियो र हातमा चार विकेट बाँकी थियो।

तर, उक्त तीन ओभरमा उसले ३ विकेट गुमाउँदै केवल ७ रन मात्र बनाउन सक्यो। 

इंगल्याण्डले शनिबार हुने फाइनलमा अष्ट्रेलिया र भारतबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .