नेपाल र मौरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलको दोस्रो हाफ तनावपूर्ण बनेको छ।
पहिलो हाफको सुरुमै नेपालले गोल गरेर अग्रता बनाएको छ। बाह्रौँ मिनेटमा मौरिससले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन।
यस्तोमा दोस्रो हाफमा मैत्रीपूर्ण खेल भएपछि दुवै टोलीका खेलाडी फल खेल्न थालेपछि तनाव भएको छ।
अहिले मौरिसस ९ खेलाडीमा सीमित छ भने नेपाल १० खेलाडीमा खेलिरहेको छ।
मौरिससका मानुअल फुलचन्दले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडे। मौरिससले हालसम्म १७ फल खेलेको छ भने नेपालले १४ फल खेलिसकेको छ।
यस्तै नेपालका पुजन उपरकोटीले पनि रातो कार्ड पाउँदै मैदान छाडेका छन्। खेलाडीलाई सम्झाउन मैदान छिरेका नेपालका गोलरक्षक प्रशिक्षक विकास मल्लले रातो कार्ड पाए।
त्यसअघि मौरिससका अर्का खेलाडीलाई पनि रातोकार्ड देखाइएको थियो। समय सकिने बेलामा दशरथ रंगशालाको फ्लड लाइटमा समस्या आएपछि खेल पनि केही बेर रोकिएको छ।
Shares
प्रतिक्रिया