ad ad

खेल


युरोकप खेल्दा मैदानमै ढलेका एरिक्सनलाई ब्रेनफोर्टले भित्र्यायो

युरोकप खेल्दा मैदानमै ढलेका एरिक्सनलाई ब्रेनफोर्टले भित्र्यायो

नेपालखबर
माघ १७, २०७८ सोमबार १४:४९, काठमाडौँ

युरोकप २०२० अन्तर्गत फिन्ल्याण्डविरुद्धको खेलका क्रममा मुटुमा समस्या भएर मैदानमा ढलेका डेनमार्कका चर्चित खेलाडी क्रिस्टियन एरिक्सनलाई इङ्लिस क्लब ब्रेनफोर्डले भित्र्याएको छ।

इटालियन क्लब इन्टर मिलानले रिलिज गरेपछि क्लबविहीन बनेका उनलाई भित्र्याउने क्रममा प्रिमियर लिग क्लब ब्रेनफोर्डले २०२२ जुनसम्म अर्थात ६ महिनाको सम्झौता गरेको छ।

उनी अबको दुई दिनभित्र स्वास्थ्य परीक्षणसहितका प्रक्रिया पूरा गरेर ब्रेनफोर्डमा आवद्ध हुनेछन्। एरिक्सनले उपचारपछि पनि आफूले अझै फुटबल खेल्न चाहेको बताएका थिए। 

टोटनहमका पूर्व मिडफिल्डर एरिक्सनले आफूलाई प्रिमियर लिग खेल्न मन लागेको बताउँदै आएका थिए।

क्लबले सन् २०२२ जुनसम्मको सम्झौतालाई अवस्था हेरेर अझै लम्ब्याउन सक्ने जनाएको छ। उनले ब्रेनफोर्ड आउनुअघि यही सिजनमा आएक्सा र चियास्सो फुटबल क्लबमा प्रशिक्षणलाई निरन्तरता दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .