ad ad

खेल


आहा रारा गोल्डकपको फाइनलमा आज मनाङ र एपीएफ भिड्दै

आहा रारा गोल्डकपको फाइनलमा आज मनाङ र एपीएफ भिड्दै

नेपालखबर
माघ १५, २०७८ शनिबार ७:४०, काठमाडौँ

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल एपीएफ र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्।

शनिबार हुने फाइनल खेलसहित मनाङले १२ औँ पटक आहा राराको उपाधि भिडन्त गर्न लागेको हो।

उता १४ वर्षपछि फाइनलमा पुगेको एपीएफ पहिलो उपाधिको खोजीमा मैदान उत्रिनेछ।

मनाङले ६ पटक आहा रारा गोल्डकपको उपाधि जितिसकेको छ। 

मनाङका प्रशिक्षक फुजा तोपेले शनिबारको खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने बताए। उनले एपीएफ पछिल्लो समय लयमा देखिएको उल्लेख गरे। 

एपीएफका प्रशिक्षक कुमार थापाले आफूहरुको तयारी राम्रो भएकाले उपाधि जित्ने सम्भावना बलियो रहेको बताए। 

सेमिफाइनलमा एपीएफले मछिन्द्रलाई ३–१ ले तथा मनाङले त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन्।

प्रतियोगिताको फाइनल खेल दिउँसो १ बजेपछि सुरु हुनेछ। प्रतियोगितामा विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .