ad ad

खेल


एनएसएलमा तीन टोली थपिने, दुई सहरमा खेल

एनएसएलमा तीन टोली थपिने, दुई सहरमा खेल

नेपालखबर
माघ १२, २०७८ बुधबार १५:१०, काठमाडौँ

नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा तीन टोली थपिने भएका छन्। यस्तै यसअघि काठमाडौंमा मात्रै भएको खेलको आगामी संस्करण पोखरामा समेत हुने भएको छ। 

चौधरी ग्रुपको स्वामित्व रहेको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स प्रालिले एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करण आगामी अप्रिल ९ देखि मे २१ तारिखसम्म हुने जनाएको छ। 

थपिएका तीन सहरहरुबारे भने आयोजकले जानकारी दिएको छैन। यसअघि एनएसएलमा काठमाडौं, ललितपुर, विराटनगर, चितवन, पोखरा र धनगढीको फ्रेन्चाइज टोलीको सहभागिता रहँदै आएको थियो। 

नयाँ थपिएका टोलीले खेलाडी भित्र्याउनका लागि फेब्रुअरीमा अक्सन गरिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .