ad ad

खेल


अष्ट्रेलियाले हटायो पेङ शुआईको टि–सर्टमाथि प्रतिबन्धको निर्णय

अष्ट्रेलियाले हटायो पेङ शुआईको टि–सर्टमाथि प्रतिबन्धको निर्णय

नेपालखबर
माघ १२, २०७८ बुधबार ७:०, काठमाडौँ

अष्ट्रेलियन ओपनका आयोजकले विश्वव्यापीरुपमा विवाद भएपछि चिनियाँ खेलाडी पेङ शुआईको समर्थन गर्ने किसिमको टि–सर्टमा लगाइएको प्रतिबन्ध हटाएको छ।

अष्ट्रेलियन ओपन आयोजक संस्था टेनिस अष्ट्रेलियाका मुख्य कार्यकारी  अधिकारी क्रेग टिलीले सञ्चारमाध्यमहरुसँग कुरा गर्दै अब दर्शकलाई पनि टि–सर्ट लगाउने अनुमति हुने बताएका हुन्।

यद्यपि मानिसहरु खेललाई अवरोध पुर्‍याउने तथा शान्ति भङ्ग गर्ने उद्देश्यले भने आउन नहुने बताएको छ।

शुक्रबार सुरक्षाकर्मीहरुले दर्शकहरुलाई पेङ शुआईको समर्थनमा लगाइएको टि–सर्ट हटाउन आग्रह गरेको थियो।

उनीहरुले लगाएको टि–सर्टमा लेखिएको थियो–पेङ शुआई कहाँ छिन्? 

आयोजकले यस्तो टि–सर्ट लगाउनु राजनीतिक भएको भन्दै त्यसमा प्रतिबन्ध लगाइएको बताएको थियो। जसको विश्वभर आलोचना भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .