ad ad

खेल


मैत्रीपूर्ण खेलका लागि आएका मौरिससका चार खेलाडीलाई कोरोना

मैत्रीपूर्ण खेलका लागि आएका मौरिससका चार खेलाडीलाई कोरोना

नेपालखबर
माघ ११, २०७८ मंगलबार १६:१२, काठमाडौँ

नेपालसँगको दुई मैत्रीपूर्ण खेलका लागि आएका मौरिससका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सोमबार नेपाल आइपुगेका टोलीको कोरोना परीक्षण गर्दा चार खेलाडीमा पोजेटिभ देखिएको मौरिसस फुटबल संघले जनाएको छ। 

नेपाल आएकामध्ये लोईक मिचेल, वाल्टर सेन्ट मार्टिन, ह्यान्स प्याटे र कर्लसन अगाथामा कोरोना सक्रमण पुष्टि भएको हो। 

खेलाडीहरुमा कोरोना सक्रमण पुष्टि भएपछि अहिले उनीहरु सेल्फ आइसोलेसनमा बसेका छन्। उनीहरुको दोस्रो कोरोना परीक्षण बिहीबार गरिने छ। उनीहरुको स्वास्थ्य अवस्थामा कुनै समस्या नदेखिएको संघले जनाएको छ। 

बाँकी खेलाडीहरुले भने मंगलबार नै नेपाल आर्मीको खेल मैदानमा प्रशिक्षण गरेका छन्। 

नेपाल र मौरिससबीच पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार र मंगलबार हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .